४ भाद्र २०८३, बिहिबार
Header

आनन्द भुवन विहारमा कथिन चीवरदान


प्रकाशित: २०७५ कार्तिक १० शनिबार
- करुण

कोजाग्रत पुर्णिमा सँगसँगै कथिन चीवरदान कार्यक्रमहरु पनि धमाधम हुन थालेका छन् । यसैक्रममा शुक्रबार आनन्दभुवन विहार, स्वयम्भुमा पनि कथिन चीवरदान सम्पन्न भएको छ । 

 

भिक्षु समित, भिक्षु शान्त शोभन र भिक्षु शान्त सिद्धार्थबाट तीन महिने विनयपूर्वक वर्षावास सम्पन्न गर्नुभएको अवसरमा कथिन चीवरदान गरिएको हो । कार्यक्रममा चीवरदानसँगै अष्टपरिष्कार दान समेत गरिएको थियो । १४० भन्दा बढिले अष्टपरिष्कार दान गरेका थिए ।

 

कार्यक्रममा श्रद्धेय शरणंकर भन्तेबाट कथिन चीवरदानको महत्व, दानबाट प्राप्त हुने फल, दाताले शील पालन गरी शुद्ध चित्तले दान गर्नुपर्ने विषयमा धर्मदेशना दिनुभएको थियो ।

 

सो कार्यक्रमभन्दा अघि, विहारबाट शोभायात्रा समेत निकालिएको थियो । विभिन्न बाजागाजा सहित दान गरिने चीवरलाई जात्रा गर्दै आनन्दभुवन विहार पुर्याइएको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex