काठमाडौं । आदि– गायक सेतुराम श्रेष्ठ (प्रधान) र उनको उत्तरवर्ती गायक– गायिकाहरुको सम्झनामा स्मृति उत्सव– २०८२ सम्पन्न भएको छ ।
शनिवार नेपाल पयर्टन बोर्डस्थित काठमाडौं महानगरपालिका वडा– २७ को आयोजनमा उक्त उत्सव सम्पन्न भएको हो ।
वडा अध्यक्ष योगेश कुमार खड्गीको अनुसार गायन क्षेत्रबाट समाजको लागि गायका कालजयी गायकहरुको सम्झनामा स्मृति उत्सव गरेको हो ।

यस अवसरमा सेतुराम श्रेष्ठ (प्रधान) र उनीपछि गायकहरु रत्नदास प्रकाश, मास्टर मित्र सेन, उस्ताद माइला र गायिका मेलवादीका गीतहरु गायिका थिए ।
उत्सव कार्यक्रममा बागमति प्रदेशका प्रदेश सभा सदस्य हरिप्रभा खड्गीश्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रवक्ता एंव १७ वडा अध्यक्ष नविन मानन्धर र चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी लगायतका उपस्थित रहको थियो ।
भिडियोः
यस अवसरमा गायक गायिकाहरुको परिवारजनलाई खादा आढाई सम्मान समेत गरिएको थियो ।






तस्वीर/भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in मनोरन्जन