६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आठ सदस्य मन्त्रिपरिषद गठन, को – को बने मन्त्री ?


प्रकाशित: सोमवार, १० पुस २०७९, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन । 


सोमवार राष्ट्रपति  भवनमा आयोजित सपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुुष्पकमल दाहालसहित उपप्रधान तथा मन्त्रीहरुलाई राष्टपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी छिन । 

 


नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन । 


यस्तै, मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान पनि मन्त्रिपरिषदमा सहभागी भएका छन । उनीहरुलाई पछि मन्त्रालय तोकिने भएको छ । 


आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई राष्ट्रपति भण्डारीले नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन । 

 

 

 

 



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex