६ जेठ २०८१, आइतबार
Header

आठ किलो २ सय ग्राम चाँदीसहित भारतीय पक्राउ


प्रकाशित: शुक्रबार, १५ असार २०७५, २१ः२६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले आठ किलो २ सय ग्राम चाँदीसहित एक भारतीय नागरिकलाई बाराबाट पक्राउ गरेको छ ।

 
भारत रक्सौल माल गोदाम घर बताउने ३७ वर्षीय अखलेस साह सोनारलाई बिल नभएको चाँदीका पाउजुका बिभिन्न गरगहना सहित प्रहरीले पक्राउ गरेको हो ।

 
जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया स्थित तिनकुने चोकमा बीरगंजबाट हेटौडातर्फ जाँदै गरेको ना.५ ख ४४४३ नम्बरको बसलाई बिहीबार चोक गर्दा डिक्कीमा लुकाईछिपाई राखेको सोनारको झोलाबाट बिल नभएको चाँदीका गहना बरामद भएको थियो ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD