३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आज ‘श्रीकृष्ण जन्माष्टमी’, पाटनमा दर्शनार्थीहरुको भीड


प्रकाशित: शुक्रवार, ६ भाद्र २०७६, ०९ः२० बजे
- महानगरखवर

काठमाडौं । आज भाद्र कृष्ण अष्टमीका दिन भागवान श्रीकृष्णको आराधाना गरी देशभरका कृष्ण मन्दिरमा पुजा–आराधना गरिदैँछ । 


ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ । 


यस अवसरमा उपत्यकाको पाटनमा श्रीकृष्ण जन्माष्टमी’ बिषेश हुने गरेको छ । पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा भक्तजनको भीड लागेको छ । 


आज राति १ बजेदेखि भगवान श्रीकष्णको पूजा आराधना गर्न आउने श्रद्धालु भक्तजनको भीड लागेको हो ।


भगवान श्रीकृष्णको नित्य पूजा समाप्त भएपछि भक्तजनलाई दर्शन गर्न दिएको मङ्गल टोल सुधार सङ्घका सचिव रविदर्शन धारीले बताए ।  


मन्दिर दर्शन गर्न आउने भक्तजनको व्यवस्थापनका लागि मङ्गल टोल सुधार सङ्घले करीब ६०० सदस्य, ज्यापू समाजले पिउनेपानी र विभिन्न सङ्घसंस्थाले स्वयंसेवक खटाएका छन । 


यसैगरी नेपाल प्रहरी, स्थानीय बासिन्दा, ट्राफिक प्रहरी, नेपाल स्काउट, रेडक्रस तथा स्थानीय क्लबले भक्तजनलाई दर्शनमा सहज बनाउने काम गरिरहेका छन् ।


सो मन्दिर वि.सं १६९३ मा राजा सिद्धिनरसिंह मल्लले बनाएका हुन । ढुङगाबाट बनेको २१ गजूरको सो मन्दिरमा रामायणका पूरा कथा अङ्कित रहेको बताइन्छ । 


उपत्यकाको पूर्वी भेगस्थित गोठाटारको नवनतधाम र उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । 


। 
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतार एवम वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex