८ बैशाख २०८१, शनिबार
Header

आज ९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमित २५८ पुग्यो


प्रकाशित: शुक्रवार, २ जेठ २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । आज मकवानपुरमा एक जना र बाँकेमा ८ जना गरी ९ जना कोरोना संक्रमित थपिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार मकवानपुरमा ३७ वर्षिय एक पुरुष र बाँकेको नैनापुर वडा नम्बर १, ३ र ५ का ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


उनीहरुको उमेर १८ देखि ३६ वर्षसम्म रहेको छ ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २५८ पुगेको छ ।


संक्रमितहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगन्जमा गरिएको परीक्षण गर्दा पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD