काठमाडौं । बधुवार सुन प्रतितोला २ हजार रुपियाँले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलवार सुन मंगलबार प्रतितोला दुई हजार एक सय रूपैया र सोमवार प्रतितोला चार सय रूपैयाँले बृद्धि भएको थियो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको थियो ।
Categorized in बजार