काठमाडौं । फोहोर बोकेको २८४ वटा ट्रक फोहोर बञ्चरेडाँडा ल्याण्डफिल्ड साईटमा खसालिएको छ ।
काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले विना अवरोध फोहोर खसालिएको बताएका छन ।
उनले भने,‘सडकमा अहिले भइरहेको सम्पुर्ण अवरोधहरु हटेका छन् । आज मात्रै २८४ गाडी फोहोर बन्चरे पुगेका छन् । यहि कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने छ ।’
‘हामीसँग सिमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेका छन् । ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ ।’ उनले भने,‘ हाम्रो आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (निशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायत सम्बद्ध सबैप्रति हामी आभारी छौँ ।’
आज विहान केही समय अवरोध भएपनि ठुलो संख्यामा प्रहरीको उपस्थिती सहित फोहोरको ट्रक बञ्चरेडाँडामा लगिएको थियो ।
काठमाडौंको टेकु ट्रान्सफर स्टेशनबाट ६० वटा ट्रक लगिएको थियो ।
Categorized in स्थानिय