काठमाडौं । हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी हर्षोउल्लासका साथ तीज मनाउँदै छन ।
आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका साथ महिलाहरुले यो पर्व मनाउने गर्दछन ।

आज विहानै हनुमानढोकास्थित सानो पशुपति भनेर चिनिने महादेवको मन्दिरमा गएर महिलाहरुले महादेवको पुजा अर्चना गरेका छन ।
अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।
यो वर्ष भने महिलाहरुले पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन । अघिल्लो बर्ष भने कोरोनाको जोखिमको कारण भेला हुन रोक लगाइएको थियो ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर

Categorized in सम्पदा/संस्कृति