काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Categorized in बजार