२१ बैशाख २०८१, शुक्रबार
Header

आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति ?


प्रकाशित: विहिवार, २१ बैशाख २०८०, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । सुनको मूल्यमा आज उच्च बृद्धि भएको छ । 


विहिवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सयमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महांघले जनाएको छ । 


यस अघि २०७९ चैत २२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको । त्यसदिन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । 


बुधबार तोलामा एक हजार आठ रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको हो । 


महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । 


बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।


आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतिोला रु २० बढेको छ । हिजो प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD