१९ बैशाख २०८१, बुधबार
Header

आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कारोबार कतिमा ?


प्रकाशित: विहिवार, १२ पुस २०८०, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । सुनको मूल्यमा अहिलेसम्मकै उच्च बृद्धि भएको छ । 


विहिवार सुन तोलामा एक हजार ३ सय रुपियाँ बढेपछि छापावाला सुन प्रतितोला एक लाख २२ हजार रुपियाँमा कारोवार भईरहेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार यो मूल्य हालसम्मको उच्च भएको बताएको छ । 


त्यसैगरी तेजावी सुन प्रतितोला प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँ कायम गरिएको छ ।  


अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। 


यस अघि गत मंसिर १८ गते सुन प्रतितोला एक लाख २१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । 


आज चाँदी प्रतितोला एक हजार ४९० मा कारोवार भईरहको महासंघले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD