काठमाडौं । शुक्रवार सुनको मूल्यमा बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ३ सय रुपियाँले बृद्धि भएको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो बिहीबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको मूल्य आज बढेको हो ।
हिजो छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा प्रतितोला ५० बढेर १७ सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ ।
Categorized in बजार