१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आज सुनको भाउले बनायो नयाँ रेकर्ड


प्रकाशित: सोमवार, ११ मंसिर २०८०, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । सोमवार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको छ । 


यो मूल्य पछिल्लो रेकर्डभन्दा चार सय रूपैयाँ बढी हो । यसअघि गत कात्तिक ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।  


उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो ।


आज तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो । 


चाँदीको मूल्य प्रतितोला १ हजार पाँच सय रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । चाँदीको यो मूल्य मूल्य पनि हालसम्मकै उच्च हो। 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex