१३ भाद्र २०८३, शनिबार
Header

आज सातै प्रदेशको बजेट सार्वजनिक गरिने, प्रदेश ३ को सबैभन्दा बढि


प्रकाशित: आईतबार, १ असार २०७६, ०९ः२० बजे
- महानगरखवर

काठमाडौं । संघीय सरकारको बजेट सार्वजनिक गरेको १७ दिनपछि प्रदेश सरकारले आईतबार बजेट प्रस्तुत गर्ने भएको छ । 


देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन । 


यस अघि संघीय सरकारले जेठ १५ गते बार्षिक बजेट सार्वजनिक गरेको थियो । 


प्रदेश सरकारहरुले कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना विशेष प्राथमिकता दिएको छ । सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने अनुमान गरिएको छ । 


प्रदेश सरकारहरु मध्ये प्रदेश ३ ले सबैभन्दा बढि ४८ देखि ५० अर्बको वीचमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले ३५ अर्बको बजेट ल्याएको थियो ।


त्यसैगरी प्रदेश १ को बजेट करिब ४२ अर्बको अकारमा हुनेछ चालु आवमा ३५ अर्ब २ करोडको बजेट सार्वजनिक गरेको थियो ।


प्रदेश २ को बजेट अकार करिब ३५ अर्बको हुने प्रदेश सरकारको योजना मन्त्रालयलेजनाएको छ । यस अघि चालु आर्थिक वर्षमा यो प्रदेशले २९ अर्बको बजेट ल्याएको थियो ।


त्यसैगरी गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३२ अर्बको अकारमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश ५ को बजेट करिब ३४ अर्ब हारहारकी अकारमा हुनेछ । 


कर्णाली प्रदेशले ३३ अर्बको हाराहारीमा बनेट ल्याउन लागेको छ । कर्णालीले चालु आर्थिक वर्षमा २८ अर्बको बजेट ल्याएको थियो ।


त्यसैगरी, सुदुर पश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले २५ अर्बको बजेट बनाएको थियो ।


आइतबार अपरान्ह प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex