काठमाडौँ । आज दिउँसो १ बजे प्रतिनिधिसभा सांसदहरुले सपथग्रहण लिने भएका छन ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमसेर जवराले २७५ जना सांसदहरुको पदको गोपयनिताको सपथ ग्रहण गराउने भएको छ ।
यस अवसरमा २६ जना सांसदहरुले मातृभाषामा सपथ लिने तयारी गरेका छन ।
मातृभषामा सपथ लिने सांसदमा सुमना श्रेष्ठ नेपाल भषा, सराज अहमत फरुकी उर्दुु भाषा, हितबहादुर तामाङले तामाङ भाषा, प्रदीप यादव (भोजपुरी भाषा), रुपा सोसी चौधरी (थारु भाषा), दुर्गा राई ( कोइरकोयू भाषा)मा सपथ लिने छिन ।
त्यसैगरी, रामसहाय प्रसाद यादव (भोजपुरी भाषा), रन्जु कुमारी झा (मैथली भाषा), कान्तिका सेजुवाल (नेपाली खस भाषा), अरुण कुमार चौधरी (थारु भाषा), गंगाराम चौधरी डगौरा (थारु भाषा), लालवीर चौधरी (थारु भाषा), विनिता कुमारी सिंह (मधेसी भाषा) मा सपथ लिने भएका छन ।
चन्द्रकान्त राउत ( मधेसी भाषा), अनिता देवी (मधेसी भाषा), सोनु मुर्मु ( सन्याली भाषा), मनिष झा (मैथली भाषा), लक्ष्मी तिवारी (अवधि भाषा) अशोक कुमार चौधरी ( थारु भाषा) , मिना तामाङ (तामाङ भाषा), असिम साह (नेपाली÷मुस्लिम भाषा), सूर्यमान तामाङ दोङ ( तामाङ भाषा), महिन्द्रराय यादव (हिन्दी भाषा), उमरादेवी यादव (भोजपुरी भाषा), किरण कुमार साह ( संस्कृत भाषा) मातृभाषामा सपथ लिँदै छन ।
Categorized in राष्ट्रिय