काठमाडौं । संघीय संसद्को चौथो अधिवेशन सोमबार मध्यरातिबाट अन्त्य हुने भएको छ ।
गत बैशाख २८ बाट प्रारम्भ भएर भदौ ३१ सम्म संसद् अधिवेशन चालु रहेको थियो । सो अवधिमा १३० दिनसम्म चलेको संघीय संसदको प्रतिनिधिसभाबाट ५ र राष्ट्रियसभाबाट ६ विधेयक दुवै सभाबाट पारित भएका छन ।
आज सरकारले राष्ट्रपतिसमक्ष अधिवेश अन्त्य गर्न गरेको सिफारिस अनुसार राष्ट्रपति कार्यालयबाट संसद् अधिवेशन अन्त्यका लागि आएको पत्र प्रतिनिधिसभा र राष्ट्रियसभामा सुनाएर अधिवेशनको अन्त्य भएको हो ।





तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in राष्ट्रिय