१३ बैशाख २०८१, बिहिबार
Header

आज शताब्दीकै लामो चन्द्र गहण


प्रकाशित: शुक्रवार, ३ मंसिर २०७८, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । शुक्रवार (आज) शताब्दीकै लामो चन्द्र ग्रहण हुनेछ । 


यो वर्ष सन २०२१ को अन्तिम चन्द्र ग्रहण आज दिउँसो १ बजे लाग्दैछ । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ ।


चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।


ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ ।


यसअघि सन १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD