काठमाडौं । सिंहदरवारमा मंगलवार बिहानै मन्त्रिपरिषद्को बैठक बसेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि नै आकास्किम बैठक बसेको हो ।
विषादी परिक्षण जाँचपास रोकिएको विषयले सरकार आलोचित बन्दै गएपछि प्रधानमन्त्री आकास्मिक बैठक बोलाएका हुन ।
बैठकबारे प्रधानमन्त्री संयोजक चेतन अधिकारीले बैठक आकास्मिक नभई नियमित भएको सञ्चारमाध्यमलाई जानकारी दिएका छन ।
आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन ।
यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेपछि ठोस निर्णयमा पुग्न नसकेपछि आज विहान बैठक बसको अनुमान गरिएको छ ।
सरकारले गरेको निर्णयमै मन्त्रीहरुले टिप्पणी गरेपछि सरकार झनै विवादमा फँसकेको छ । कृषी मन्त्री चक्रपणी खनालले विषादी परिक्षणमा अप्ठयारो नभएको, प्रयाप्त पुर्वाधार मात्र नभएको बताएको थियो ।
हिजो मात्र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले विषादी परीक्षणमा सचिवहरुले धोका दिएको बताएका थिए भने प्रधानमन्त्रीले भारतीय पत्र नआएको दावी गरिरहेका बेला एक अनलाईनले भातरीय दूतावासको पत्र सार्वजनिक गरेपछि सरकार अप्ठेरोमा परेको छ ।
Categorized in राष्ट्रिय