काठमाडौं । आज र भोलि (बुधवार) देशका विभिन्न भागमा भारी र अति बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि सूचना जारी गरेको छ ।
यस समयमा रात्रीकालिन बसहरु नचलाउन प्राधिकरणले अनुरोध गरेको छ । जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
आज र हिजो परेका बर्षाको कारण यतिखेर काठमाडौं उपत्यकाका नदि किनारमा छेउका बस्ती, सडकहरु डुवानमा परेको छ ।
विभागका अनुसार अति भारी वर्षाबाट ३४ जिल्ला उच्च जोखिममा रहेको रहेको छ ।
विभागले ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, सिन्धुपाल्चोक, चितवन, दोलखा, धादिङ, नुवाकोटलाई उच्च जोखमको सूचीमा राखेको छ ।
त्यस्तै म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोखरामा पनि उच्च जोखममा रहेको विभागले जनाएको छ ।
कपिलवुस्त, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी उच्च जोखिममा छन ।

Categorized in राष्ट्रिय