१७ बैशाख २०८१, सोमबार
Header

आज राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता, भोलि निर्वाचन 


प्रकाशित: सोमवार, २८ फागुन २०८०, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन भोलि (२९ गते मंगलवार) हुने भएको छ ।


सो लागि सोमवार आज उम्मेदवारी दर्ता गरिने कार्यतालिका रहेको छ । संघीय संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ ।


उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । दर्ता सके लगत्तै एक बजेर ३० मिनेटमा नामावाली प्रकाशित गरिने छ । 


अध्यक्षको प्रतिस्पर्धामा नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य युवराज कार्की र माओवादी केन्द्रबाट नारायण दाहाल रहेका छन । 


मन्त्रिपरिषद्को मनोनीतको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका दाहालको कार्यकाल चार वर्ष बाँकी छ ।


त्यसैगरी, नेपाली कांग्रेसका शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । 


मंगलबार बिहान ११ः०९ बजे बस्ने राष्ट्रिय सभा बैठकले अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाउने संसद् सचिवालयले जानकारी दिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD