२२ बैशाख २०८१, शनिबार
Header

आज राप्रपाको काठमाडौंमा जनप्रदर्शन 


प्रकाशित: मंगलवार, २७ चैत्र २०८०, ०९ः५० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलवार काठमाडौंमा जनप्रदर्शन गर्दैछ । 


राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर जनप्रदर्शन गर्ने भएको हो । 


प्रदर्शनको लागि भक्तपुर, ललितपुर लगायत देशभका विभिन्न जिल्लाबाट काठमाडौंमा भेला भई सहरका विभिन्न भाग परिक्रममा गर्ने कार्यक्रम रहेको छ ।

 
राप्रपाले आजको प्रदर्शन बृहत हुने घोषणा गरेकोले काठमाडौंमा सुरक्षा व्यवस्था पनि कडा गरिएको छ । 


प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD