१४ बैशाख २०८१, शुक्रबार
Header

आज राती १२ बजे देखि भक्तपुरको यी रुटहरुमा सवारी निषेध


प्रकाशित: शुक्रवार, १३ मंसिर २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरमा शनिवार हुने उपनिर्वाचनको लागि शुक्रवार (आज) राती १२ बजेदेखि निर्वाचन क्षेत्रहरुमा सवारी निषेध गरिएको छ । 


शनिवार बेलुका ९ बजेसम्म भक्तपुर जाने सवारीसाधनलाई विभिन्न नाकाबाट प्रवेश गर्न रोक लगाइएको हो । 


भक्तपुर प्रतिनिधिसभा क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा क्षेत्र (क) मा उपनिर्वाचन हुने भएकोले भक्तपुरको अरनिको राजमार्ग साँगादेखि राधेराधेसम्मको सडकबाट उत्तरतर्फ जाने बाटो र राधेराधे चोकबाट निकोशेरा चोकसम्मका सडकबाट पूर्वतर्फ जाने सम्पूर्ण सवारी साधनहरूमा प्रवेश रोक लगाइएको छ ।


त्यसैगरी पेप्सीकोला मनोहरादेखि निकोशेरा सडकबाट उत्तरतर्फ जाने बाटोमा पनि सवारीसाधन प्रवेश गर्न रोक लगाइएको छ ।


सेतोपाटी डट कममा शुक्रवार प्रकाशित समाचार अनुसार काभ्रेबाट भक्तपुर जाने साँगा नाका बाहेक अन्य सबै नाकाहरूमा सवारीसाधनमा रोक लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो । 


एम्बुलेन्स, शव वाहन, दमकल र निर्वाचन आयोगका अधिकृतबाट अनुमति प्राप्त सवारीसाधनलाई भने रोक लागएको छैन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD