६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आज राती १२ बजेदेखि उपराष्ट्रपति निर्वाचनको प्रचार-प्रसार गर्न निषेध


प्रकाशित: मंगलवार, ३० फागुन २०७९, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनको प्रचार प्रसार मंगलवार (फागुन ३०) राती १२ बजेदेखि निषेध गरिएको आयोग जनाएको छ । 


आयोगका अनुसार यो आचारसंहिता चैत्र ३ गते निर्वाचन सम्मपन्न नहुन्जेलसम्म लागु हुनेछ । 


मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो ।


निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । 


उपराष्ट्रपतिको लागि ३ जनाविच प्रतिस्पर्धा हुने देखिएको छ । अष्टलक्ष्मी शाक्य (बोहरा), ममता झा र रामसहायप्रसाद यादवविच प्रतिस्पर्धा हुनेछ ।  प्रमिला कुमारी यादवले हिजो उम्मेदवारी फिर्ता लिएर रामसहायलाई समर्थन गर्ने भएकी छिन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex