१० भाद्र २०८३, बुधबार
Header

आज रातीसम्म इजरायलबाट नेपालीहरु काठमाडौं आइपुुग्ने


प्रकाशित: विहिवार, २५ असोज २०८०, ०९ः४० बजे
- महानगरखबर

काठमाडौं । इजरायल युद्धमा फसेका नेपाली नागरिकहरुलाई सरकारले विहिवार राती सम्म काठमाडौं ल्याउने तयारी गरेको छ । 


नेपाल वायुसेवा निगमको एननाइन एलवाइजेट कलसाइन रहेको वाइडबडी  ए–३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका अधिकारीले बताएका छन ।


निगमका अधिकारीका अनुसार नेपालीलाई लिएर बेलुका ९ बजेको समयमा त्रिभुवन विमास्थल अवतरण गरिसक्ने छ । 


नेपाली नागरिक लिन जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएका छन । 


यस अघि प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले शनिबार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो । 


अहिलेसम्म युद्धग्रस्त क्षेत्रबाट फर्कन ३५० भन्दा बढी नेपाली विद्यार्थीले फाराम भरेका थिए । आज वाइडबडी विमानमा २५४ जना विद्यार्थी नेपाल फर्कनेछन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex