९ भाद्र २०८३, मंगलबार
Header

आज रातीबाट पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता


प्रकाशित: आइतवार, १४ असोज २०८०, १९ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले शनिवार गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिएको छ ।


मूल्य बृद्धिको चर्को विरोध हुन थालेपछि प्रधानमन्त्री पुुष्पकमल दाहालको निर्देशनमा मूल्य बृद्धि फिर्ता भएको हो । 


आईतवार राती १२ बजेदेखि बढेको मूल्य फिर्ता हुने र यस अघिकै मूल्य कायम हुने निगमले एक विज्ञप्ती जारी जनाएको छ । 


‘पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यबृद्धिबाट नजिकिदै गएको चार्डपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी सम्माननिय प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट निर्देशन भएबमोजिम स्वचालित मूल्य यथावत हुने गरी हाल भएको मूल्य बृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गरी मूल्यबृद्धि गर्ने निर्ण आजै राती १२ः०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराईन्छ ।’ जारी विज्ञप्तीमा उल्लेख छ । 


यस अघि काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेलरमट्टितेल प्रतिलिटर १७३ कायम रहेको छ ।


शनिवार निगमले पेट्रोलमा २ रुपियाँ, डिजेल र मट्टितेलमा रु ६ रुपियाँ बृद्धि गरेको थियो ।  खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय १५ रुपियाँ बढाएको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex