७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आज रातीदेखि उपनिर्वाचनको प्रचार प्रसार निषेध, के – के गर्न पाईदैन


प्रकाशित: विहिवार, ७ बैशाख २०८०, १३ः४० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले आज (विहिवार) राती १२ बजेदेखि उपनिर्वाचन प्रचार प्रसार निषेध गरेको छ ।


आयोगले आजदेखि बैशाख १० गते निर्वाचन सम्पन्न नभएसम्म कुनै पनि किसिमको निर्वाचन प्रचार प्रसार निषेध गरेको हो ।  


वैशाख १० गते हुने तीन क्षेत्रको उपनिर्वाचनका लागि प्रचार प्रसार गर्न निषेध गरेको छ । 


निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तीमा सो अवधिमा उम्मेदवारहरुले निर्वाचन अचारसंहिता पालना गर्न भनिएको छ । 


यस अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । 


यसैगरी उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न पनि पाइँदैन । 


आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीतरहारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्नरगराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।


प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा निर्वाचन हुँदैछ । 

 



फाईल तस्वीर

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex