२३ बैशाख २०८१, आइतबार
Header

आज येँया जात्राको अन्तिम दिन, कुमारी घुमाईने यी रुटमा सवारी निषेध


प्रकाशित: सोमवार, १५ असोज २०८०, १०ः४० बजे
- महानगरखबर

काठमाडौैं । येँया जात्रा (इन्द्रजात्रा) को आज अन्तिम दिन हो । 


सोमवार बसन्तपुरबाट येँया जात्रा सुरु भई नानिचाः या रुट अन्तर्गत प्याफ, यतखा, नरदेवी, किलाधः भेडासिंह, केलटोल, वंघ (इन्द्रचोक),मखन हुँदै हनुमानढोका परिसरमा गएर कुमारी, भैरव र गणेशको रथ राखिन्छ ।


दिउँसोयी जात्रा हुने स्थानमा भने सवारी प्रवेश निषेध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । यस समयमा बैकल्पिक बाटो प्रयोग गर्न समेत महनगरले आग्रह गरेको छ । 


यस अघि ११ गते विहबार क्वनेःया र १२ गते शुक्रवार थने याः (माथिल्लो टोल)मा कुमारी रथ यात्रा गरिएको थियो । 


आज राती बेलुका ८ बजेर १५ मिनेटमा यःसिं इन्द्रध्वज पतन गरेसँगै येयाँ जात्रा सम्पन्न भएको मानिन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD