२४ बैशाख २०८१, सोमबार
Header

आज यःसिं नगर प्रवेश गराइदै, येँया (इन्द्रजात्रा)को रुट सार्वजनिक


प्रकाशित: शनिवार, ६ असोज २०८०, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको नयाँ सल्लाघारबाट काठमाडौंको भोटाहिटीसम्म तानेर ल्याएको यःसिं नगर प्रवेश गराईने भएको छ ।


शनिवार विहान शुुभसाईनत १० बजेर ३९ मिनेटमा भोटाहिटीबाट तानेर यःसिं हनुमानढोका ल्याइने कार्यक्रम रहेको छ भने ९ गते मंगलवार १०ः३७ बजे इन्द्रध्वोजत्थान हुने छ । 


यस अघि येँया (इन्द्रजात्रा) को समय तालिका सार्वजनि गरिएको छ भने रुट पनि सार्वजनिक गरिएको छ । 


असोज ११ गते इन्द्रजात्रा रथ मार्ग अन्तर्गत क्वने याः (तल्लो टोल)मा कुमारी रथ यात्रा गराईने छ । सो अन्तर्गत पर्ने रुटहरुमा हनुमानढोका दरवार परिसर– अटकोनारायण– चिकँमुुगल– माजिपात– जोशीदेगः– लगन–गोफल– ब्रम्हटोल–वन्डे– हुमत–क्वाहिटी– तब्वमार्ग– भिमसेनथान– मरुटोल– हनुमानढोका दरवार परिसर हुनेछ । 


त्यसैगरी, असोज १२ गते थने याः (माथिल्लो टोल) अन्गर्त हनुमानढोका दरवार परिसर– प्याफः– यतखा – नरदेवी– टेङग– न्हयोखा– थायमुदु– न्हैकन्तला– असँ(असन चोक)– बालकुमारी– केलटोल– वघः(इन्द्रचोक)– मखन– हनुमानढोका परिसरसम्म यात्रा हुनेछ । 


असोज १५ गते नानिचा याः रुट अन्तर्गत हनुमानढोका दरवार परिसर– प्याफः– यतखा – नरदेवी– किलाधः– भेडासिंह– केलटोल– वघः(इन्द्रचोक)– मखन– हनुमानढोका परिसरसम्म यात्रा हुनेछ । 


असोज १५ गते सोमवार नानिचा यात्रा, सोही दिन राती ८ः१५ बजे इन्द्रध्वज पतन गरिने कार्यक्रम रहेको छ ।



फाइल तस्वीरः महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD