काठमाडौं । काठमाडौंको ऐतिहासिक सांस्कृतिक जात्रा यँयाः (इनद्रजात्रा) भव्य रुपमा मनाईदैछ ।
इन्द्रजात्राको अवसरमा आज नेपाल सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।
आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले समय व्यवस्थापनलाई ध्यानमा राखेर यस पटक रथोरोहण २ बजे गरिसक्ने र ३ बजेभित्र जात्रा सुरु गर्ने कार्यक्रमहरु जानकारी दिए ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।
यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।
भाद्र ३० गते आइतवार विहान ८ बजेर २६ मिनेटको साइत शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि येँया (इन्द्रजात्रा) विधिवत रुपमा सुरु भएको हो ।
यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटेपछि लिङ्गोलाई काठमाडौंको भोटाहिटीमा एकरात राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
आज कुमारी रथ क्वने याः (तल्लो टोल) बसन्तपुरबाट सुरु भई मरु, चिकमुुगल, जैशीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुर ल्याइन्छ ।
यस्तो कुमारी रथयात्रा रुटः

Categorized in सम्पदा/संस्कृति