१३ बैशाख २०८१, बिहिबार
Header

आज मौद्रिक नीति सार्वजनिक गरिँदै, विग मर्जरको पनि घोषणा


प्रकाशित: बुधवार, ८ साउन २०७६, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार अपरान्ह ४ बजे चालु आर्थिक वर्ष ०७६र७७ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । 


¥याडिसन होटल, लाजिम्पाटमा हुने सार्वजनिक कार्यक्रममा मौद्रिक नीतिसँगै बाणिज्य बैंकहरुको विग मर्जर नीति पनि घोषणा हुने भएको छ । 


गभर्नर डा. चिरञ्जिबी नेपालले बिग मर्जर मार्फत बाणिज्य बैंकहरुको संख्या घटाउने नीति लिएका छन । 


गभर्नर नेपालले बाणिज्य बैंकहरुको संख्या घट्ने गरी मौद्रिक नीति तयार पारेका छन ।  


त्यसैगरी यस मौद्रिक नीतिले लघुवित्त संस्थाहरुलाई गाभ्ने नीति पनि लिएको छ । बिग मर्जरका लागि गभर्नरले केही आकर्षक सहुलियत प्याकेज पनि घोषणा गर्ने भएका छन । 


बाणिज्य–बाणिज्य बैंक मर्जरमा गए दुई बर्षसम्म ब्याजको स्प्रेड पाँच प्रतिशतसम्म कायम गर्न सकिने नीति ल्याउन लागिएको छ भने प्रमुख कार्यकारी, डेपुटी प्रमुख कार्यकारी र सञ्चालकहरुको कुलिङ पिरियडमा छुट दिइने छ ।


राष्ट्र बैंकले एक बर्षभित्र मर्जरमा जाने बैंकहरुलाई मात्र यो सुविधा उपलब्ध गराउने  भएका छन । 


त्यसैगरी राष्ट्र बैंकले साढे ८ प्रतिशतको आर्थिक बृद्धिलाई सहयोग पुर्याउने गरी कर्जा नीति अख्तियार गर्ने छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD