२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

आज मुस्लिसमुदायले ईद मनाउँदै, राष्ट्रपति र प्रमद्धारा शुभकामना व्यक्त


प्रकाशित: शनिबार, २ असार २०७५, ११ः२० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । महिनाभरी रोजा ब्रत बसेर मनाईने मुस्लिम समुदायको महान पर्व इदुल फित्र ‘इद’ आज नेपालमा पनि मुस्लिम समुदायले मनाउँदैछ ।

 
अरबी पात्रो हिजरीको ‘रमजानुल मुबारक’ महिनाभरि रोजा बसेपछि यो पर्व मनाइन्छ । रोजाको अन्तिम दिन आकाशमा चन्द्रोदय भएपछि इद उल फित्रको स्वागत गरिन्छ ।


इदको दिन बिहान नुहाइधुवाइ गरी सफा, नयाँ कपडासहित बास्नादार अत्तर लगाएर इदको नमाज अदा गर्न इदगाह वा मस्जिद जान्छन । इदगाह (खुला स्थान) वा मस्जिदमा भेला भएर समूहमा नमाज पढेपछि एकआपसमा गला मिलाएर इद मुबारक भन्दै शुभकामना आदानप्रदान गरिन्छ । यो खुसी तथा भाइचारा साट्ने पर्व पनि हो ।


यसै सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।

 
यसै उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्पूर्ण इस्लाम धर्मालम्वीलाई इद उल फित्रको शुभकामना दिँदै इद मुबारक भनेका छन् ।

 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika