८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आज मन्त्रीपरिषद विस्तार हुने, चार मन्त्री थपिने


प्रकाशित: आइतवार, ९ कात्तिक २०८२, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन । 


चार जना नयाँ मन्त्रीको नाम टुंगो लगाइएको छ । मन्त्री हुनेहरुमा डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन ।  उनी प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन । 


उनले यसअघि २०६५ साल असोजदेखि २०६८ मंसिरसम्म सोही मन्त्रालयमा सचिवको रूपमा जिम्मेवारी सम्हालेकी थिइन । 


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा गणपतिलाल श्रेष्ठको नाम तय भएको छ । 


श्रेष्ठ लामो समयदेखि काठमाडौं उपत्यकासहित देशभरका सांस्कृतिक सम्पदाहरूको संरक्षण, सम्बद्र्धन र जगेर्नामा सक्रिय सम्पदा अभियानी हुन ।


खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन ।  उनी दलित अधिकारका अभियानी हुन र छुवाछूतजस्ता सामाजिक कुप्रथाका विरुद्ध अभियान सञ्चालन गर्दै आएका छन ।


युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी बब्लु गुप्ताले पाउने भएका छन । उनी परोपकारी संस्था ‘१०० ग्रुप’ का संस्थापक हुन र सामाजिक सेवामा सक्रिय रहँदै आएका छन ।


चारै जना मन्त्रीको आजै शपथ ग्रहण हुने तयारी गरिएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex