७ बैशाख २०८१, शुक्रबार
Header

आज भैरवको प्रतिस्थापन गरियो


प्रकाशित: शनिवार, ४ पुष २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । भैरवको रुपमा छनौट भएका कर्शनब शाक्यलाई  शनिवार पूजा विधि अनुसार प्रतिस्थापन गरिएको छ । 


जैशीदेवलका ३ बर्षिय शाक्यलाई आजदेखि जीवित देवता भैरवको रुपमा पुजिनेछ । यस अघि भैरवको रुपमा रुजन शाक्य थिए । 


शाक्य महाविहार संघका अनुसार यो बर्ष सबै महाविहारमार्फत गणेश र भैरवका लागि योग्य शाक्यपुत्रको आवेदन माग गरिएको थियो । झण्डै एक वर्षको प्रक्रिया पूरा गरेर नयाँ गणेश र भैरवको चयन गरिएको हो ।


यस अघि भने गणेश र भैरव बनेकाहरूको कुलमा रहेका अर्को कोही योग्य व्यक्ति भए सोही व्यक्तिलाई गणेश या भैरवका रुपमा पुज्ने गरिन्थ्यो । 


शुक्रबार नरदेवीका साढे ४ बर्षको रोदिन शाक्यलाई जीवित देवता गणेशको रुपमा प्रतिस्थापन गरिको थियो  । 


छनौट भएका बच्चाहरुको चिना पञ्चाङ्ग निर्णायक समितिले विश्लेषण गरेर नयाँ भैरव र गणेश चयन गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD