१५ बैशाख २०८१, शनिबार
Header

आज बेलुका लाग्ने चन्द्रग्रहण विशेष हुने


प्रकाशित: शुक्रवार, २२ बैशाख २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । आज (शुक्रवार) बेलुका लाग्ने चन्द्रग्रहण विशेष हुने खगोलविदहरुले बताएका छन । 


बेुलुका राती ८ बजेर ५९ मिनेटमा सुरु हुने यस चन्द्रग्रहणलाई पेनुमब्रहल चन्द्रग्रहण भनिन्छ । ग्रहण शनिवार विहान १ बजेर १६ मिनेटमा सकिने छ । 


यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष यस कारणले हुन्छ किन कि पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन ।


खगोलव्किा अनुसार चन्द्रग्रहण तीन प्रकारका हुन्छन, पूर्ण, आंशिक र पेनुमब्रल । 


पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्छ । यसलाई अंग्रेजीमा पेनुमब्रा भनिन्छ । चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ । तर रंग भने हल्का गुलाबीजस्तो हुनेछ ।


पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र चन्द्रमामा पृथ्वीको छाया पर्छ । यसैलाई नै चन्द्र ग्रहण भनिन्छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD