काठमाडौं । हिन्दुहरुको महान चाँड बिजयादशमी आज (शुक्रवार) धुमधामसँग मनाईदैछ ।
टीकाको शुभसाइत बिहान ९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार उपत्यका लगायत देशभरी साईतमा टिका लगाउनेहरुको निधारमा टीका, कानमा जमारा देखिएको छ ।
आजको दिन ठुलाबडाका हातबाट टीका लगाई आशिर्वाद लिने गरिन्छ । दशैँ मनाउन भनेर उपत्यकाबाट २२ लाख भन्दा बढि मानिस बाहिरिएको छ ।
दशैँमा सानाहरुका नयाँ लुगा लगाउने, मीठो खाने, चंगा उडाउने गर्दछ भने ठुलाहरु भने बर्षभरी आफन्तहरु भेट नभएकाहरुसँग रमाईलो गर्ने, खाने, मनोञ्जन गर्ने गर्दछ ।
पारिवारिक भेटघाट गरिने र स्नेह एवम सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।
असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ ।
Categorized in सम्पदा/संस्कृति