काठमाडौं । लगातार घटिरहेको सुन मुल्यमा बुधबार बृद्धि भएको छ ।
नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार सुन प्रतितोला दुई हजार रूपैयाँ बढेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ घटेको थियो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
Categorized in बजार