काठमाडौं । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिवार पुष्टि गरेको छ ।
उनीहरुको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ ।
उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका –३ भुल्केकी हुन । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ ।
Categorized in राष्ट्रिय