६ बैशाख २०८१, बिहिबार
Header

आज फूलपाती, हनुमानढोकामा ३ बजे फूलपाती भित्राइँदै


प्रकाशित: शनिवार, १८ असोज २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । आजदेखि दशैंको खास दिनको शुभारम्भ भएको मानिन्छ । नवरात्रीको सातौ दिन (फूलपाती) घर घरमा फूलपाती भित्राईन्छ । 


घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।


फूलपातीको रुपमा भित्राइएको ‘केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ । 


हनुमानढोका भने आज (शनिवार ) दिउँसो ३ बजे विधिपूर्वक फूलपाती भित्राईने कार्यक्रम रहेको छ । 


हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा अनुसार गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म ल्याएको फूलपातीलाई काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राहृमण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।


दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरसम्म भने पुजारीसहित मगर जातिका छ जनाले ल्याउने परम्परा रहको छ । 


फूलपाती भित्राउनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, काठमाडौंका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD