काठमाडौं । हिन्दुहरुमा महान चाड विजया दशमीको आज फूलपातीको दिन अर्थात दशैँको विशेष शुभारम्भ दिन पनि भनिन्छ ।
आजैको दिन दशैँ मनाउनेहरु आ–आफ्नो गाँउघर पुगिसक्ने प्रचलन पनि रहेको छ । आजको दिनलाई कालरात्री पनि भनिन्छ ।
माता दुर्गा भवानीको सातौंं शक्तिलाई कालरात्रीको नामबाट चिनिन्छ । देवी कालरात्रीको पूजा आरधना गरी सप्तमी तिथि मनाइन्छ । यस दिनलाई फूलपाती भित्र्याउने दिनका रुपमा मनाइन्छ ।
पौराणिक कथाअनुसार देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । कालरात्रीमा देवीलाई कतिपयले बली दिन्छन ।
हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।
Categorized in सम्पदा/संस्कृति