७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आज प्रतिनिधि सभामा टिआरसी विधेयक परितका लागि पेश हुने


प्रकाशित: बुधवार, ३० साउन २०८१, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रतिनिधि सभाको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल हुने भएको छ ।


नयाँ बानेश्वरको संसदी भवनमा दिउँसो एक बजे उक्त विधेयकमा छलफलको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश गर्ने कार्यसुचि रहेको छ । 


त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन० विधेयक, २०८१ लाई पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।


साउन २३ गते टिआरसी विधेयका सम्बन्धमा गठित राजनीतिक कार्यदलले प्रमुख दलका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको थियो । 


यस अघि तीन दलका शीर्ष नेताहरू प्रधानमन्त्री एवम नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधेयक यही अधिवेशनमा पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex