१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आज पहिलो राष्ट्रिय बक्षारोपण दिवश, देशभर रुख रोपेर मनाइैदै


प्रकाशित: शनिवार, १४ असार २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपण दिवश मनाउने घोषणा गरे अनुरुप आज देशभर रुख रोपेर दिवश मनाईदैछ । 


प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कोटेश्वर क्षेत्रमा फलफूलको बिरुवा रोपेर शुभारम्भ गरेका छन । 


काठमाडौंको चक्रपथ एरिया कोटेश्वर–कलंकी सडकखण्डमा फलफूलका बिरुवा रोपिने भएको छ भने देशका सातै प्रदेशमा मुख्यमन्त्रीहरुले विरुवा रोपेर सुरुवात गर्ने कार्यक्रम रहेको छ । 


आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने सरकारको योजनालाई सार्थक तुल्याउन सरकारी, गैरसकारी, संघ, संस्था सबैलाई रुख रोपेर बृक्षारोपण रोप्न आग्रह गरेको छ ।

 
केन्द्र सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरुलाई पनि आ–आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex