काठमाडौं । आज सोमवार पनि सुुनको मूल्यबृद्धिले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर आज सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी हो ।
यसअघि आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
Categorized in बजार