१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

आज पनि काठमाडौंको सडक दिनभर प्रभावित हुने


प्रकाशित: बुधवार, २९ भाद्र २०७९, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्शुको उच्चस्तरीय भेटवार्ताले काठमाडौं सडक दिनभर प्रभवित हुने भएको छ ।


बुधबार ली चान्शु विहान ९ बजे भक्तपुर जाने कार्यक्रम रहेकोले रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली,  माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ । 


त्यसैगरी चान्शु नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपरान्ह साढे ३ बजे भेट्ने कार्यक्रम रहेको हुँदा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन  प्रभावित हुने भएको छ । 


चान्सुले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुुष्पकमल दाहाल लगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए ।


आजै येँया (इन्द्रजात्रा) को अन्तिम दिन भएकोले राष्टपति, प्रधानमन्त्री, राजदूतहरुलगायत विशिष्ट कर्मचारीहरु अवलोकन गर्न आउने भएकोले पनि सडक प्रभावित हुने भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex