११ बैशाख २०८१, मंगलबार
Header

आज नेवाः समुदायको भाषिक अधिकार खोसिएको दिन, बसन्तपुर प्रदर्शन (फोटो फिचर)


प्रकाशित: विहिवार, १८ जेठ २०८०, १७ः५० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं उपत्यकाका नेवाः समुदायले जेठ १८ लाई कालो दिनको रुपमा मनाएका छन ।


विहिवार बसन्तपुरमा उपत्यकावासी नेवाः समुदायले कालो ब्यानरमा प्ले कार्डसहित विरोध गरेका छन । आजको दिन भाषिक अधिकार खोसिएको दिन भन्दै चर्को विरोध गरेका हुन । 

 


उनीहरुले कालो ब्यानरमा जेठ १८ गते भाषिक कालो दिन आदीवासी जनजाति एकता जिन्दावाद पहिचान पक्षधर एक हौ, नेपाल भाषालाई सरकारी कामकाजीको रुपमा लागु गर लगायतका नाराहरु लगाई प्रदर्शनमा उत्रेका थिए । 


नेवाः देय दबु, असन कोथुननि बचाउ अभियान, आदीवासी नेवाः राजनीतिक अभियान लगायतका नेवाः संघ, संस्थाहरुको व्यानरसहित सहभागि भएका थिए । 

 


सो अवसरमा दबूका अध्यक्ष पवित्र बज्राचार्य, उमेश स्थापित, माओवादी नेता दिलिप महर्जन, हिसिला यमी लगायतका व्यक्तिहरु प्रदर्शनमा सहभागी भएका थिए ।


२०५६ साल जेठ १८ गते सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका, धनुषा र राजविराजमा स्थानीय निकायमा मातृभाषालाई कामकाजी भाषाको रुपमा दिएको अधिकारलाई खारेज गरेका थिए ।
 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD