२२ बैशाख २०८१, शनिबार
Header

आज देखि बबरमहलमा ट्राफिक लाईटको बटन थिचेर बाटो क्रस गर्न सक्ने


प्रकाशित: सोमवार, ११ मंसिर २०८०, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले ट्राफिक लाइटको बटन थिचेर बाटो क्रस गर्न सकिने भएको छ । 


काठमाडौं महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठका अनुसार सोमवारबाट संचालनमा आउने ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट प्रयोग गर्न सकिने छ । 


बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेर सेवा सुुचारु गर्न खोजिएको हो । 


१० लाख रुपैयाँ लागतमा ल्याएको सो प्रविधिले पैदल यात्रुलाई सहज बनाउने र धेरै कुर्न पनि नपर्ने श्रेष्ठको भनाई छ । 


उनका अनुसार पैदलयात्रुले स्वीच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ, गाडी रोकिन्छन अनि यात्रुुले बाटो पार गर्छन । त्यसको केहीबेरमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD