२९ मङ्सिर २०८१, शनिबार
jyapu diwas 1145 AD

आज दिनभरः रविको बयान सकियो, कीर्तिपुरका २ उम्मेदवारलाई आयोगको स्पष्टीकरण, भ्रम फैलाए कार्वाह गर्ने गृहको चेतावनी


प्रकाशित: शुक्रवार, १४ मंसिर २०८१, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको आजको बयान सकिएको छ ।


शुक्रवार विहान काठमाडौं सरकारी वकिल कार्यालयले चार घन्टा बयान लिएको थियो ।


शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बयान लिइएको थियो। बीचमा एक घन्टा खाना खान समय छुट्टाइएको थियो । आइतबार लामिछानेसँग थप बयान लिइने भएको छ ।


लामिछानेलाई कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन आरोपमा बयान लिएको हो । 


यसअघि सहकारी प्रकरणमा समातिएका पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेललाई काठमाडौं ल्याएर पोखरा फिर्ता लगिएको छ ।


रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी प्रहरीले अनुसन्धानको लागि पोखरा लगेको थियो । 


निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको मेयर पदका २ उम्मेदवारलाई लियो स्पष्टीकरण


निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको मेयर पदका माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधेको छ ।


आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको जनाएको छ । 


‘अनुगमन टोली आउँदा आचारसंहिता विपरीत गतिविधि देखिएको हुँदा स्पष्टीकरण सोधिएको हो ।’


कीर्तिपुरमा दल र स्वतन्त्र गरी २० जना मेयर पदमा प्रतिस्पर्धा गर्दै छन । एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्र शिवशरण र स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमानलाई सघाउने निर्णय लिएका छन ।


मंसिर १६ गते आइतबार काठमाडौमा कीर्तिपुर र काठमाडौ– १६ वडासहित देशभरी ४४  स्थानमा मतदान हुँदैछ । 


समाजिक सञ्जालमा भ्रम फैलाई कार्वाह गर्ने गृहको चेतावनी


गृह मन्त्रालयले शुक्रवार एक सुचना जारी गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने बताएको छ ।


‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ,’ गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।


पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने जनाएको हो ।


विज्ञप्तीः 

 


 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex