काठमाडौं । आज इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक, सुबिसु, भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको छ ।
वल्र्ड लिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालका अनुसार इन्टरनेत सेवामा समस्या देखिएको हो ।
नेपालका इन्टरनेट सेवा कुनै पनि बेला अवरुद्ध हुन सक्ने इन्टरनेट सेवा प्रदायकहरुले बताउँदै आएका छन ।
भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने सेवा प्रदायकहरुले बताउँदै आएको छ ।
सरकारले अनुमति नदिएका कारण करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका छन ।
Categorized in प्रबिधि