४ बैशाख २०८१, मंगलबार
Header

आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो


प्रकाशित: बुधवार, १७ बैशाख २०७७, ११ः३० बजे
- महानगरखबर

काठमाडौं । वारा र वीरगन्जमा गरी वुधवार ३ जनामा कोरोना संक्रमण देखिएको छ । 


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ । 

 

संक्रमितहरु जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षका पुरुष हुन् ।तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए । 


संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ । हिजो रौतहटका दुईजना संक्रमित भेटिएको थियो । 


कोरोना संक्रमणवाट निको हुनेको संख्या १६ पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD