१२ बैशाख २०८१, बुधबार
Header

आज जनै पूर्णिमा (फोटो फिचर)


प्रकाशित: सोमवार, १९ श्रावण २०७७, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । आज देशभर जनै पूर्णमा जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । 


प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।


यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । 


यस अवसरमा फोटो पत्रकार रमेश शाक्यले काठमाडौंको नरदेवी, यट्खा लगायतमा रक्षाबन्धन बाँधेको फोटोहरु आफ्नो क्यामेरामा कैद गर्न सफल भएका छन । 


बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ । 


तर यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण भीड कम गर्न सरकारले आह्वान गरेको छ ।


तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । 

 

 

 

तस्वीरहरुः रमेश शाक्य

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD